अनावश्यक खर्च घटाउन सबै खालका प्रोत्साहन भत्ता खारेज


काठमाडौं । सरकारले अनावश्यक खर्च घटाउन सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ ।

सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महत आ.व. २०८० ८१ को बजेट प्रस्तुत गर्दै सबै खालका भत्ता खारेज गरिएको बताए ।

यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट रुपमा नगदै प्रदान गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

साथै सबै सार्वजनिक संस्थानमा नयाँ संरचना र दरबन्दी प्रस्तावना नगरिने पनि बताइएको छ ।