काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत आयको सिफारिसका आधारमा अनुदान वितरण गरिएको बताएका छन् ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले वित्तिय समानिकरण अनुदान तर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानिय तहलाई ८७ अर्ब ३५ करोड गरि जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तिय हस्तान्त्रणाको व्यवस्था मिलाएको बताएका हुन् ।
त्यसैगरि ससर्त अनुदान तर्फ प्रदेश लाई ३५ अर्ब ७२ करोड र स्थानिय तहलाई १ खर्ब ८९ अर्ब ९० करोड गरि जम्मा २ खर्ब २७ अर्ब ६१ अर्ब विनियाृेजन गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्