राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपतिले अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए।

प्रधानमन्त्री शाहको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभारसमेत वाग्लेलाई तोकिएको छ।