सरकारले सबै खालका प्रोत्साहन भत्ता खारेज गर्ने


काठमाडौँ । सरकारले सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महत आगामी बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको बताए ।

यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट रुपमा नगदै प्रदान गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।