लगानीको वातावरण सुधार गर्न कन्ट्री क्रेडिट रेटिङ प्रकृया अगाडी बढाइने


काठमाडौंँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले निजी क्षेत्रले विदेशी वित्तीय संस्था लगायतका संस्थाबाट ऋण प्राप्त गर्न सहजीकरण गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले नविनतम र वैकल्पिक वित्तीय उपकरण प्रयोग गरि वैदेशिक पुँजीलाई उत्पादक र उत्पादकत्व बढाउने क्षेत्रमा परिचालन गरिने बताएका छन् ।

लगानीको वातावरण सुधार गर्न कन्ट्री क्रेडिट रेटिङ प्रकृया अगाडी बढाइने छ । विदेशी लगानीकर्ताको लागि जोखिम न्युनिकरणको लागि हेजिङ गर्ने संस्था तोकि हेजिङ सेवा उपलब्ध गराइने भएको छ ।

विदेशी लगानीको सुरक्षाको प्रत्याभुति दिइने छ । विदेशी लगानीकर्ताले लाभांस फिर्ता लैजाने प्रकृयालार्य सरलिकृत गरिने बताएका हुन् ।