सरकारले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने
बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले ‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताएका हुन् ।

बीउ खरिद, रासायनिक मल, बिमा र यान्त्रिकरणमा दिँदै आएको अनुदान बाहेकका सबै प्रकारका अनुदानलाई उत्पादनमा आधारित बनाइने बताएका छन् । अनुदानलाई व्यवस्थित बनाउन आगामी साउनभित्र नयाँ मापदण्ड र कार्यविधी बनाइने उनले बताए ।