सहकारीको बचतलाई उद्यम र रोजगारीको क्षेत्रमा प्रोत्साहान गरिने


काठमाडौँ । सरकारले सहकारीको बचतलाई उद्यम विकास र रोजगारीमा क्षेत्रमा लगानीको लागि प्रोत्साहित गरिने जनाएको छ। अर्थमन्त्री प्रकाशशरण महतल बजेट सार्वजनिक गर्दै सहकारीको बचतलाई उद्यम विकास र रोजगारीमा क्षेत्रमा लगानीको लागि प्रोेत्साहित गर्ने जनाएका हुन्।

यस्तै, बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरेर सेवा प्रवाहलाई व्यवस्थित गर्ने समेत सरकारले घोषणा गरेको छ ।

यस्तै, सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन गर्ने लक्ष्यसहित सरकारले बजेटमार्फत भूमि व्यवस्था सहकारी मन्त्रालयलाई ७ अर्ब २४ करोड बजेट विनियोजन भएको छ ।