प्रधानमन्त्री रोजगार कार्यक्रमको पुर्नसंरचना हुने


काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुर्नसंरचना गरिने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उत्पादनशिल रोजगार सिर्जना गर्ने उदेश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचामा परिवर्तन गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा आगामी आर्थिक वर्षका लागी ५ अर्ब ९४ करोड रुपैँया विनियोजन गरेको बताएका छन् ।