किसानलाई रासायनिक मलमा अनुदान दिन रु. ३० अर्ब विनियोजन


काठमाडौँ । किसानलाई रासायनिक मलमा अनुदान दिन रु। ३० अर्ब विनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमा नै आपूर्ति सुनिश्चित गरिने बताएका हुन् ।

मल आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने उल्लेख गरिएको छ।

स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्ड मार्फत काम अगाडि बढाइने बजेटमा जनाइएको छ।