सामाजिक सुरक्षा कार्यक्रमको लागि १.५७ खर्ब रुपैयाँ विनियोजन


काठमाडौं । सरकारले सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०र८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा‍ प्रकाशशरण महतले सामाजिक सुरक्षा कार्यक्रमका लागि गत वर्षको भन्दा २३ अर्ब बढी रकम छुट्ट्याएका छन् ।

चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सरकारले ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको छ ।

छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको अर्थमन्त्री महतले बताए ।