कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण सुरू गर्ने घोषणा


काठमाडौं । सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरूवात गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा राजमार्ग र रणनीतिक सडकअन्तर्गत १ सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसका लागि २ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

त्यस्तै ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुने सरकारले दाबी गरेको छ ।

सूर्यविनायक(धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ । काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन २ अर्ब ७ करोड छुट्टयाएको छ ।

साथै काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडानसमेत गरिने अर्थमन्त्रीले बताएका छन् ।