सहकारी संस्थामा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बर अनिर्वाय


काठमाडौँ । सहकारी संस्थामा खाता संचालन गर्न स्थायी लेखा नम्बर अनिवार्य गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सहकारीमा खाता संचालन गर्न स्थायी लेखा नम्बर अनिवार्य गर्ने बताएका छन् ।

सरकारले बजेटमा स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लग्ने र बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य गर्ने उल्लेख गरेको छ ।