चार दिने औपचारिक भ्रमणमा प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो साढे एक बजे भारत प्रस्थान गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अन्य पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायतले त्रिभुवन अन्तराष्टिय विमानस्थल पुगेर विदाई गरेका थिए ।