नेपाली उत्पादनलाई प्रवर्द्धन गरेर आयात प्रतिस्थापन गर्नुपर्छ: निर्देशक राणा


काठमाडौँ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालमा उत्पादन हुने वस्तुलाई प्रवद्र्धन गरेर आयातित वस्तुलाई प्रतिस्थापन गर्नु अहिलेको आवश्यक रहेको बताएका छन् ।

नेपाल कुचो संघकाे आयाेजना र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयाेगमा काभ्रेको पनौती नगरपालिकामा जेठ ७ गतेदेखि २१ गतेसम्मको कुचो बनाउने तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै राणाले राज्यको अर्बाै विदेश गएको भन्दै नेपालमा उत्पादन हुने वस्तुलाई प्रवद्र्धन गरेर विदेशबाट आयात हुने वस्तुलाई निरुत्साहित गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालमा सबै किसिम्मको वस्तुहरू उत्पादन हुने मौसम भएकाले संंसारभर उत्पादन हुने वस्तुहरू नेपालमा उत्पादन हुने बताए । उनले भने, “नेपालमा स्याउदेखि हरेक वस्तु उत्पादन गर्न सकिन्छ सरकारले पनि यसको लागि उद्योगीदेखि व्यवसयीलाई सुहाउने खालको नीति ल्याउनुपर्छ र राज्यलाई अर्थतन्त्रमा मजबुत बनाउन पर्छ ।”

राणाले पन्ध्र दिने कुचो बनाउने तालिमले पक्कैपनि गाउँमा बसेका महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने भन्दै देशभरका महिलाहरूलाई यस्तो तालिमको आवश्यक रहेको बताए ।

“घरमै बसेर आर्यआर्जन गर्न सकिने र दिनमा पाँच सय भन्दा बढी पैसा कमाउने सकिने यो सिपले पक्कैपनि गाउँमा बस्ने चेलीहरूले दुख पाउनु पर्ने छैन ।” उनले भने, “सिप सिक्नको लागि पढ्न नै पर्छ भन्रे छैन्र नपढेपनि पैसा कमाउन सजिल्लो हुन्छ । त्यसकारण यो सिपमुलक कार्यक्रम देशभरका गाउँठाउँ पुर्याउन आवश्यक रहेको छ ।”

त्यस्तै नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले हरेक वस्तु आयात गरेर राज्य धनी नहुने र बेचेर मात्र देशको अर्थतन्त्र बलियो हुने बताएका छन् । कार्कीले हरेक वस्तु आयात गर्ने राज्यमा आफूले कुचो संघको स्थापना गरेपछि हरेक वर्ष १ अर्ब भन्दा बढीको कुचो विदेशमा निर्यात भएको बताए ।

“नुनदेखि सुनसम्म किन्रे राज्यमा वार्षिक १ अर्बभन्दा बढी कुचो विदेश निर्यात गर्नु सानोतिनो कुरा होइन ।” उनले भने, “हामीले अब हरेक वस्तु आयात गर्ने प्रविृत्तलाई रोक्न आवश्यक रहेको छ । जब देशमा उत्पादन हुने वस्तुलाई प्रवर्धन गर्न सक्छौ तबमात्र देशको अर्थतन्त्र बलियो बनाउन सक्छौँ ।”

कार्कीले पनौती नगरपालिकामा दिएको पन्ध्रदिने तालिमले नागरिकहरूको आयआर्जन र समग्र देशको अर्थतन्त्र बलियो बनाउन सहयोग गर्ने बताए ।

पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले पनौती नगरपालिका हरेक कृषि उत्पादनमा सम्भावना बोकेको भन्दै पन्ध्र दिने तालिम पालिकामा आयोजना गरेकामा कुचाे संघलाई धन्यावाद प्रकट गरे ।

भण्डारीले पालिकामा १२ वटा वडा रहेको र आउँदो दिनमा सबै वडाका नागरिकलाई यस्तै सिपमूलक कार्यक्रम आयोजना गराएर आर्थिक पाटो मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “हामीले नागरिकलाई सिप सिकाउनु भन्दा पनि उनीहरूले सिकेको सिपले बनाएको सामाग्रीको बजार सुनिश्रत गराउनुपर्छ । साथै नागरिकले पनि आफूले सिकेको सिपलाई पछिसम्म प्रयोग गर्न आवश्यक छ ।”

त्यस्तै पन्ध्र दिन तालिम लिएकी एक स्थानीय लालकुमारी तामाङले आफूले सिकेको सिपले पैसाको लागि अरूको मुख ताकेर बस्न पर्ने स्थितीको अन्त्य भएको बताएकी छन् । उनले पन्ध्र दिनमा सिकेको सिपले आफूले राम्रो कुचो बनाउन सिकेको बताइन् ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ मा संचालन भएको उक्त तालिममा ३३ जनाको सहभागिता रहेको थियो ।