टक्सार म्यागजिन तथा लुम्बिनी सञ्चारकी सह-सम्पादक अम्बिका शर्मालाई ‘पुँजीबजार पत्रकारिता पुरस्कार’


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रदान गर्ने ‘पुँजीबजार पत्रकारिता पुरस्कार’बाट टक्सार म्यागजिन तथा लुम्बिनी सञ्चार डटकमकी सहसम्पादक अम्बिका शर्मा पुरस्कृत भएकी छन् ।

बोर्डले ३१ औं वार्षिकोत्सवको अवसरमा शर्मालाई पुरस्कार प्रदन गरको हो । सह-सम्पादक शर्मालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले दोसल्ला, प्रमाणपत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

आर्थिक पत्रकारिताको माध्यमबाट लगानीकर्तालाई सुसूचित गरि पुँजी बजार प्रवद्र्धनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै बोर्डले सहसम्पादक शर्मालाई सम्मान गरेको हो । शर्मासँगै क्यापिटल म्यागजिनका सम्पादक लोकबहादुर चापागाँई पनि पुरस्कृत भएका छन् ।