होण्डा मोटरसाइकलको एक्सचेन्ज मेला, ५ हजार बोनस पनि पाइने


काठमाडौँ । होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले एक्सचेन्ज र फाइनान्स मेलामार्फत विशेष अफर ल्याएको छ ।

आफ्नो पुरानोसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ पाउने कम्पनीले जनाएको छ ।

मेलामा आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार रुपैयाँ एक्स्चेन्ज बोनस पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १० हजार रुपैयाँसम्मको आकर्षक स्क्र्याच कुपन पनि प्रदान गरिनेछ । न्यूनतम ५९ हजार ९ सय ९९ रुपैयाँ डाउनपेमेन्ट गरी १ प्रतिशत ब्याजमै फाइनान्सको सुविधा रहेको छ ।

होण्डा एक्सचेन्ज र फाइनान्स मेलाबाट कम ब्याजदरको फाइनान्स सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

जेठ १८ गतेदेखि सुरू भएको यस मेलाका योजनाहरूमा सहभागी हुन ग्राहकहरुले काठमाडौँका होन्डा मोटर बाइकको सबै डिलरहरूमा सम्पर्क गर्न सक्नेछन् ।