काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनामा ब्याजदर स्थिर राख्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहान बसेको कार्यसमिति बैठकले असार महिनाको लागि ब्याजदर स्थिरराख्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक सदस्यका अनुसार असार महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको बताए ।
जस अनुसार असारका लागि पनि निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ । गत वर्षको चैत्र महिनामा ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशतमा झारिएको थियो ।
सोही ब्याजदरलाई वाणिज्य बैंकहरुले जेठ महिनामा पनि निरन्तरता दिएका थिए। अब असार महिनामा पनि यही ब्याजदरले निरन्तरता पाउने भएको छ।
प्रतिक्रिया दिनुहोस्