पहिरोले हेटौँडा–काठमाडौं जोड्ने दुईवटा राजमार्ग अवरुद्ध


काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने दुईवटा राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्।

बुधबार रातिको वर्षापछि गएको पहिरोले कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।