घोराही सिमेन्टको आइपीओमा आजदेखि आवेदन खुल्यो, प्रतिकित्ता ४३५ रुपैयाँ


काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले सर्वसाधारणको लागि आजदेखि प्रिमियममा आइपीओ निष्काशन गर्दै छ । कम्पनीले आज जेठ ३२ गतेदेखि प्रिमियममा ६९ लाख बढि कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणको लागि १०० अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँमा ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओ भर्न लगानीकर्ताहरूले कम्तिमा ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ । न्यूनतम भर्दा १० कित्ता भर्नुपर्ने हुन्छ । प्रतिकित्ता मूल्य ४३५ रूपैयाँ रहेको हुँदा १० कित्ता भर्न ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ ।

निष्कासन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ । लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ता सम्म सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

केयर रेटिङ नेपाल लिमिटेडबाट “CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating ) ” रेटिङ्ग प्राप्त गरेको छ। “CARE- NP BBB (Is) (Tripple B Minus Issuer Rating )” से कम्पनीको वित्तीय दायित्व बहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार “Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations” रहेको जनाउँदछ । केयर रेटिङ नेपाल लिमिटेडले NP AAA (Is) देखि CARE- NP D (Is) सम्मको रेटिङ प्रदान गर्दछ जसमा ग्रेड “CARE-NP AAA (Is)” ले सकारात्मक आधार जनाउँछ भने “CARE-NP D (Is)” ले नकारात्मक आधारहरू जनाउँछ।