काठमाडौँ । आज असारको पहिलो दिन शुक्रबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज असार महिनाको पहिलो दिन शुक्रबार छापावाला सुनको मूल्य तोलाका ८०० रुपैयाँ बढेर एक लाख ११ हजार ८०० रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै आज तेजावि सुन तोलाको एक लाख ११ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला २० रुपैयाँ घटेको चाँदी आज शुक्रबार प्रतितोला २० रुपैयाँ बढेर तोलाको १४२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्