लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले गरे ४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन


काठमाडौँ । लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले ४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ५ खर्ब ५० अर्ब भन्दा बढि कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९ ८० को प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्ध वार्षिक प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १.१३ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७९ ८० को पुषमसान्तसम्म लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ०.३५ प्रतिशतले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशमा ४ खर्ब ३२ अर्व ३० करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५ खर्ब ५० अर्ब ६ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढि रुपन्देहीबाट कुल निक्षेपको ४३.९८ प्रतिशत संकलन गरेका छन् भने सबैभन्दा कम रुकुम (पूर्व)बाट ०.२७ प्रतिशत संकलन गरेका छन् ।

सबैभन्दा बढि कर्जा प्रवाह पनि रुपन्देहीमा भएको छ । रुपन्देहीमा कुल कर्जा प्रवाहको ४८.४८ प्रतिशत रहेको छ भने सबैभन्दा रुकुम (पुर्व)को हिस्सा ०.१४ प्रतिशत रहेको छ ।