बैंकर्स संघ र युएसएआइडीबिच सम्झौता, उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाइने


काठमाडौँ । नेपाल बैंकर्स संघ र युएसएआइडी टे«ड एण्ड कम्पिटिटिभ्नेसबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरुमा संवाद संचालन गर्ने जनाइएको छ ।

नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरु सँग छलफल गरी उनीहरुको क्षमता अभिबृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिने उल्लेख गरिएको छ ।

सहकार्यले साना तथा मझौला उद्यमी र पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।

सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसएआइडी टे«ड एण्ड कम्पिटिटिभ्नेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका छन् ।

युएसएआइडी टे«ड एण्ड कम्पिटिटिभ्नेस परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरुसंगको सहकार्यमा अघि बढाइएको परियोजना रहेको संघले उल्लेख गरेको छ ।