नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट


काठमाडौं । नबिल बैंकका ग्राहकले ¥याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र होटलबिच भएको सम्झौता अनुसार ग्राहकले डिस्काउन्ट पाउने भएका हुन् ।

सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले ¥याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट पाउने जनाइएको छ ।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने उल्लेख गरिएको छ ।
नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।