भरतपुर महानगरपालिकाले ल्यायो ६अर्ब ३१ करोड रुपैयाँको बजेट


चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८० ८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट पेश गरेका छन् ।

महानगरका उपप्रमुख अधिकारीले आन्तरिक आयतर्फ १ अर्ब ७५ करोड ९घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त०, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रेदश सरकारको राजश्व बाडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।

बजेटमा भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ।