तोलामा ८०० रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८१ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ८२ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर ३ हजार ९७० रूपैयाँमा कारोबार भइरहेको छ ।