काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड रुपैयाँ


काठमाडौँ । काठमाडौँ महानगरपलिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ ।महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरको १३औं नगरसभामा उप्रमखु सुनिता डंगोलले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको जनाएकी छिन् ।

महानगरले चालुतर्फ कुल बजेटको ३३.७२ प्रतिशत र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ ।