काठमाडौँ । सुनसरी प्रहरीले इनरूवा ३ सखुवागाछी चेक पोष्टबाट २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङको क्रममा तरकारी बन्दाकोपी बोकेको ना ७ ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरूमा चालक धनकुटाका राजु राई र सहचालक संदीप राई रहेको सुनसरी प्रहरीले जनाएको छ ।
गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरूवा सम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालो नजिक पुग्ने लक्ष्य सहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताए । थप अनुसन्धान अघि बढाइएको उनले
जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्