इटहरी उपमहानगरपालिकाको बजेट २अर्ब ३५ करोड रुपैयाँ


काठमाडौ । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ ।

आइतबार उपमहानगरपालिकाको १३ औं नगरसभामा उपप्रम्ख संगिाकुमारी चौधरीले २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

उप्रमुख चौधरीले चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको बताइन् ।

उपमहानगरले मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट बनाउनका लागि पनि बजेट विनियोजन गरेको छ ।