नेप्सेमा ५६ अंकको उछाल आउँदा २५ कम्पनीमा सकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा ५६ अंकको उछाल आएको छ । नेप्सेमा उछाल आउँदा लगानीकर्ताको आर्कषण लघुवित्तमा देखिएको छ ।

आइतबार २५ ओटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ भने बाँकी १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

सर्किट लागेको २५ वटा कम्पनी मध्ये २३ ओटा लघुवित्त कम्पनी रहेका छन् भने बाँकी एउटा इस्योरेन्स र हाइडोपावर रहेको छ ।

लामो समयदेखि थला लघुवित्तमा आज एकाएक उछाल आएको छ । पछिल्लो समय मौद्रिक नीतिले सेयरबजारलाई केही सम्बोधन गर्छ कि भन्ने मनोविज्ञानमा लगानीकर्ताले सेयर खरिद गर्दा त्यसको प्रभाव बजारमा देखिएको सेयरबजारका जानकारहरु बताउँछन् ।

लगानीकर्ताहरु कारोबारको लागि स्किृप्ट परिर्वतन गर्दा लघुवित्तमा चमक देखिएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्याक्ष राजन लम्सालले बताए ।

‘लामो समयदेखि लघुवित्त समह बटममा रहेको हुनाले आज लागनीकर्ताको रोजाइमा परेको छ’, लम्सालले भने ‘मार्केटको साइकलमा सबै डेभलपमेन्ट बैंक, इन्स्योरेन्स जस्तै सबै सेक्टरहरु बढिसकेका छन् अब लघुवित्तको पालो भएकोले बटममा रहेको लघुवित्त लगानीकर्ताको रोजाइमा पर्दा सकरात्मक देखिएको हो ।’

आगमी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्टबैंक लघुवित्तप्रति केही लचिलो बन्ने संकेतले पनि लगानीकर्ताको आर्कषण बढेको लम्सालको भनाई छ ।

हिजो नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ती जारी गर्दै राज्य संयन्त्रबाट असाहयोग भएको र लघुवित्तको सुरक्षा अवस्थामा सुधार नभए सम्पूर्ण सेवाहरु बन्द गर्न बाध्य हुने बताएको थियो । जसअनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानार्कषण सहित ज्ञापन पत्र बुझाएका थिए ।

सेयरबजार संवेदनशिल क्षेत्र हुनाले लघुवित्तले सरकारलाई ध्यानार्कषण गराएको खबरले लगानीकर्ताको मनोबल बढेको अभियान लघुवित्तका रोशन अधिकारीले बताए ।

अधिकारीले भने हिजो ७७ ओटै जिल्लामा सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्सं संघले ज्ञापन पत्र बुझाएको हुनाले लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सेयर मापक सूचक ५६.९४ अंकले बढेर २१८६.३६ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १३.४० अंकले बढेर ४१२.५१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपमुहुको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा स्वभलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड १२ लाख ३३ हजार ६ सय ९४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज सिक्लेस हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.८८ प्रतिशतले घटेको छ ।

कुल २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच हुहँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७ सय ४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।