सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौँ महानगरको निर्देशन, नबुझाए कारवाही गर्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले आज एक सूचना जारी गर्दै साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण एक महिनाभित्र बुझाउन भनेको हो ।

“सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारीले सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ, “अन्यथा कानुन बमोजिम कारबाही गरिनेछ ।”

केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ ।