मीनबहादुर गुरुङ सहित ४ जनालाई सरकारी वकिलको कार्यालय लगियो


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ सहित ४ जनालाई म्याद थपको लागि अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ ।

पक्राउ परेपछि बिरामी भएका गुरुङ र अन्य २ जनालाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

उनिहरुहरुलाई प्रहरीले स्लाइनसहित अस्पतालबाट सरकारी वकिलको कार्यालय लगेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले ललिता निवास प्रकरणमा गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र पूर्वनिर्वाचन आयुक्तसमेत रहेका भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाहलाई हिजो मंगलबार पक्राउ गरेको हो ।