प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयक-२०८० मत विभाजनमार्फत बहुमतले पारित भएको छ।

बजेट पारित गर्नका लागि संसदमा पहिलो पटक मतदान भएको हो। मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो।

प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा बजेट पारित हुँदै आएकोमा यसपटक पहिलोपटक मतदान गरिएको हो ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए ।