डाइट कोक/कोक जीरोमा क्यान्सरको कारक हुनसक्ने- कृत्रिम गुलियो


काठमाडौं । कोकाकोला कम्पनीले उत्पादन गर्दै आएको डाइट कोक, कोक जीरो, कोकाकोला डाइट सोडा, फेन्टा जीरोसहितका पेय पदार्थमा क्यान्सरको मुख्य कारक मानिने कार्सिनोजेन रहेको विश्व समाचार संस्था रोयटर्सले खुलासा गरेको छ ।

रोयटर्सका अनुसार कोकाकोला कम्पनीले कृत्रिम गुलियोका रुपमा प्रयोग गर्दै आएको एस्पार्टेमलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्यान्सर अनुसन्धान शाखा इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले जुलाईमा पहिलो पटक ‘सम्भवतः मानिसका लागि जोखिययुक्त कार्सिनोजेनिक’ को सूचीमा राख्ने तयारी गरेको छ ।

समूहका बाह्य विज्ञहरूको बैठकपछि यसै महिनाको सुरुमा आईएआरसीको निर्णयलाई अन्तिम रूप दिइएको थियो । ननसुगर स्वीटनर अर्थात कृत्रिम गुलियोका रुपमा प्रयोग गरिने स्पार्टेम र एसेसल्फेम पोटाशियमको परीक्षणपछि यिनमा ‘कार्सिनोजेनिक’ भएको ठहर गरिएको हो ।

जेईसीएफए ( डब्ल्यूएचओ तथा खाद्य र कृषि संगठन-एफएओ-को फूड एडिटिभ्सको संयुक्त विशेषज्ञ समिति) भनेर चिनिने खाद्यान्नको लागि डब्ल्यूएचओको  विशेषज्ञ समितिले यसलाई प्रमाणिक गरेपछि कोकाकोलाले डाइट कोक, कोक जीरो, फ्यान्टा जीरोसहित पेप्सीकोका समान प्रकृतिका पेय, मार्सको एक्स्ट्रा च्युइङगममा प्रयोग हुने एस्पार्टम स्वीटनरमा कार्सिनोजेनिक’ भएको घोषणा गरिनेछ ।

स्मरणीय छ, नेपालमा बोटलर्स नेपालले सहायक कम्पनीबाट क्यानमा रहेको डाइट कोक आयात गरेर बिक्रीवितरण गर्दै आएकोमा हालसालै कोक जीरो नाममा समान प्रकृतिको पेय पदार्थ उत्पादन गर्न थालेको छ ।