नेपाल डेरी एसोसिएसन बागमती प्रदेश र रोटरी क्लब अफ कपनद्वारा दही चिउरा खाने कार्यक्रमको आयोजना


काठमाडौँ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेश र रोटरी क्लब अफ कपनले दही चिउरा खाने कार्यक्रम गरेका छन् ।

नेपाल डेरी एसोसिएसनको केन्द्रीय कार्यालय ललितपुरमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा डेरी उद्योगी व्यवसायी, रोटरी क्लबका सदस्य, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

असार १५ गते राष्ट्रिय धान दिवसका दिन अन्य कार्यक्रम हुने भएकाले एक दिन अगाडी नै दही चिउरा कार्यक्रम आयोजना गरिएको नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले जानकारी दिए ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले असार १५ गते राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन भएको र त्यसको पूर्वसन्ध्यामा कार्यक्रम गरेको भन्दै बागमती प्रदेश समितिलाई धन्यवाद दिए ।

उनले यस्ता कार्यक्रमले स्वादेशी उत्पादनलाई प्रोत्साहन गर्न सहयोग गर्ने बताए ।