काठमाडौँ । धान खेतीको उत्पादनमा हुने घटबढले नेपालको समग्र कृषि अर्थतन्त्र प्रभावित रहने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जनाएका छन् ।
असार १५ गते धान दिवसको दिन कृषि उत्पादनले कुल ग्राहश्थ उत्पादनमा पारेको प्रभावको पाँच भागको एक भाग भएको र यसले धान खेतीको उत्पादनमा हुने घटबढले नेपालको समग्र कृषि अर्थतन्त्र प्रभावित रहने उनले उल्लेख गरेका हुन्छ ।
नेपालमा खेती भइरहेको कुल जमिनको लगभग आधा क्षेत्रफलमा गरिने धानखेती नेपालको मुख्य खाद्यान्न बाली रहेको र यसले नेपालको कुल ग्राहस्थ उत्पादनको २० भागको एक भाग ओगटेको छ । तर तीन दशक अघिको तुलनामा हाल धानको खेती गर्ने जमिन, कुल ग्राहश्थ उत्पादन र कृषिमा धानको हिस्सा निरन्तर घटिरहेको छ ।
सामाजिक उद्यमी किसानको मनोबल उच्च राखी, किसानी पेशाको सम्मान गर्ने उद्धेश्यका साथ उत्पादन र उत्पादकत्वलाइ वृद्धि गर्नका लागि कृषि तथा सहकारी मन्त्रालयले धान दिवस मनाउन थालेको दुई दशक भएको अधिकारीले बताए ।
“जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि” भन्ने नाराका साथ यस बर्षको धान दिवस देशव्यापि रूपमा मनाइँदै छ । यो दिवस खानाको बन्दोवस्त गर्न मुख्य बर्खे बालीहरू लगाउने मौसमको मध्यमा धान रोपाईसँगै दहि चिउरा खाने किसानको संस्कृतिसँग जोडिएको छ ।
अधिकारीले छ दशक अघि १.३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको धान खेती यस अवधिमा गरिएको प्रयासमा ३.८१ मेट्रिक टन प्रति हेक्टर भन्दा बढ्न नसक्नुको कारण उपयुक्त प्रविधि, बीउको उन्नत्तोस्तर, खोज, अनुसन्धान र किसानमैत्री प्रसारमा सरकार र सरोकारवालाको पर्याप्त ध्यान नपुग्नु रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्