काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सहसचिव जितेन्द्र बस्नेत नियुक्त


काठमाडौं । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सहसचिव जितेन्द्र बस्नेत नियुक्त भएका छन् । गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्।

उपप्रधान एवम गृहमन्त्री नाराणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।

बस्नेतले गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । बस्नेत गृह मन्त्रालय आउनु अघि सुदूरपश्चिम प्रदेशको आर्थिम मामिला मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

Skip This