सहकारी विभागकाे निर्देशन, साउन १५ गतेभित्र ब्याज भुक्तानी प्राप्त भए चालू आर्थिक वर्षको आयकाेरूपमा गणना गर्नु


काठमाडौँ । सहकारीलाई आर्थिक वर्ष २०७९/८० को ब्याज २०८० को साउन १५ गतेभित्र भुक्तानी प्राप्त भए चालू आर्थिक वर्षको आयकोरुपमा गणना गर्न सक्ने भएका छन् ।

सहकारी विभागले सहकारी संघ संस्थाका लागि निर्देशन जारी गर्दै आर्थिक वर्ष २०७९/८० को ब्याज २०८० को साउन १५ गतेभित्र भुक्तानी प्राप्त भएमा आर्थिक वर्ष २०७०/८० को आयकोरुपमा गणना गर्ने छुट सुविधा दिएको हो ।

विभागले विश्व अर्थतन्त्रसँगै नेपालको वित्तीय क्षेत्रमा परेको असरले सहकारीका सदस्यहरुको आय अवरुद्ध भई सहकारी संघ संस्थाहरुको व्यवसाय प्रभावित भएकोलृ सदस्यहरुको वित्तीय कारोबारलाई सहज बनाएर सहकारी क्षेत्रको पुर्न उत्थानका लागि निर्देशन जारी गरेको जनाएको छ ।

विभागले निर्देशनमा ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्यांकन गरी सखस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका तथा गत आर्थिक वर्षमा कर्जा पुर्नतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पुर्नतालिकीकरणको व्यवस्था गर्न सकिने उल्लेख गरेको छ ।