दुर्गा प्रसाईंले विर्तामोडमा बनाइदिए १२ काेठाकाे विद्यालय भवन


काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मोहनमाया माध्यमिक विद्यालयका लागि १२ कोठे भवन निर्माण गरिदिएका छन् । प्रसाईंले विर्तामोडको चारपानेस्थित मोहनमाया माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका छन्। बिहीबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रसाईंले विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण गरेका हुन्।

प्रसाईंले साढे ४ करोड रुपैयाँ व्यक्तिगत खर्च गरेर १२ कोठासहितको तीन तले भवन निर्माण गरिदिएका हुन् । अध्ययनका लागि ११ कोठा र एउटा प्रशासनिक कार्यका लागि बनाइएको हो ।

सामुदायिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा बिहीबार प्रसाईंलाई भव्य अभिनन्दन गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनले शिक्षा क्षेत्रको विकासका लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । प्रसाईंले आफ्नो व्यक्तिगत लगानीमा निर्माण गरेका हुन् ।

हेर्नुहाेस् उद्घाटन तथा हस्तान्तरण समाराेहका केही तस्बिरहरूः