नेप्सेबाट ७ वटा नयाँ ब्रोकरले पाए कारोबार सदस्यता, कसको नम्बर कति ?


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ७ वटा ब्रोकर कम्पनीलाई बिहीबार कारोबार सदस्यता प्रदान गरेको छ।

बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन्।

नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्।

नेप्सेबाट एलओई पाउने नयाँ ब्रोकर कम्पनीमा नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिजमनी वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन्। नेप्सेले अब यी कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरेर कारोबार सदस्यता प्रदान गर्ने जनाएको छ ।