राजेन्द्र सिंहको पुस्तक ‘इन्ट्रोडक्सन टु टेक्सटाइल केमिस्ट्री’ सार्वजनिक


काठमाडौँ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले लेखेको लिखित पुस्तक ‘इन्ट्रोडक्सन टु टेक्सटाइल केमिस्ट्री’ विमोचन भएको छ ।

नमुना कलेज अफ फेसन टेक्नोलोजी कलेजमा टेक्स्टाइल, गार्मेन्ट टेक्नोलोजी र मर्चेन्डाइजिङ विभागका प्रमुख समेत रहेका सिंहले लेखेको पुस्तक विमोचन भएको हो ।

पुस्तकको विमोचनमा नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सलाहुद्दिन नोमान चौधरी र कलेजका प्रधानाध्यापक ज्ञानी शोभा तुलाधरले गरेका हुन् ।

पुस्तकमा टेक्सटाइल क्षेत्रको जटिल प्रक्रिया र विधिको गहिरो विश्लेषण गरिएका कारण विद्यार्थीको भविष्य र देशको कपडा उद्योगलाई थप मजबुद बनाउन सघाउने बताइएको छ ।

कार्यक्रममा बंगलादेशका राजदूत चौधरीले नेपालको कपडा उद्योगमा नवप्रवर्तन र प्रगतिलाई पुस्तकले जोड दिएकाले यस क्षेत्रका पेसेवरका लागि महत्वपूर्ण हुने बताए ।