काठमाडौं । देशभरका सरकारी खाताहरु आजदेखि रोक्का भएका छन् । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो।
गए राति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएकोले कुनै पनि रकम भुक्तानी नहुने महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले बताए ।
खनालका अनुसार राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन्। तर कानुनअनुसार सोमबारदेखि नयाँ चेक जारी गर्न पाइर्दैन ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।
प्रतिक्रिया दिनुहोस्