काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आयकर असार भित्रै तिर्न ताकेता गरेको छ । सरकारले आय वर्ष २०७९–८०को आयकरको तेस्रो किस्ताबापतको कर दाखिला गर्न ताकेता गरेको छ।
आन्तरिक राजस्व विभागले बिहीबार (आज) एक सूचना प्रकाशित गर्दै कर दाखिला गर्न ताकेता गरेको हो।
विभागले आय वर्ष २०७९–८० को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) यही असार महिनाभित्र दाखिला गर्न आग्रह गरेको छ।
आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० वमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने कर तिर्न विभागले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्