काठमाडौँ । नेपाल बैंकर्स संघले ब्याजदरमा लगाउँदै आएको कार्टेलिङ खारेज गर्ने सहमति गरेको छ। संघको विहिबार बसेको बैठकले ब्याजदरको कार्टेलिङ खारेज गर्ने निर्णय गरेको हो ।
कार्टेलिङ खारेज गर्ने निर्णयसँगै सम्बन्धित बैंकहरुलेनै साउन १ गतेदेखि निक्षेपको ब्याजदर तोक्न सक्नेछन् । यस अघि नेपाल बैंकर्स संघले नै निक्षेप र कर्जाको ब्याजदरको सीमा तोक्दै आएका थिए ।
बाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्