प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु


काठमाडौँ । शुक्रबारदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गाभिएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो ।

एक आपसमा गाभिनका लागि २०७९ असार ३० मा प्रारम्भिक सहमति भएको थियो भने २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । यी दुई बीमा कम्पनी समान हैसियतमा गाभिएका हुन् । प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब १९ करोड रुपैयाँ हुनेछ ।

प्रभु महालक्ष्मी लाइफको संचालक समितिको अध्यक्षमा शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टाराई छन् ।