सोमबार सुनचाँदीको मूल्य स्थिर


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो।