आजदेखि हरेक आयातित सामानमा पैठारीकर्ता र वितरकको ‘लेबल’ अनिवार्य


काठमाडौँ। भन्सार विभागले आज (साउन १ गते) देखि आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउनुपर्ने बताएको छ ।

आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची (१) को दफा १८ को उपदफा (४)मा भएको व्यवस्था अनुरुप विभागले निर्देशन दिएको हो ।

आर्थिक ऐनअनुसार आर्थिक वर्ष २०८०|०८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनुपर्नेछ ।

आजदेखि लेबल लगाएर वस्तु बजारमा बिक्री वितरण नभएमा कारबाही हुने विभागले जनाएको छ ।