आर्थिक वर्षको पहिलो कारोबारको दिन नेप्सेमा ४० अंकको वृद्धि


काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । आर्थिक वर्षको पहिलो दिन साउन १ गते सोमबार सेयरबजारमा ४७ अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ अंकमा पुगेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ९.९५ अंकले बढेर ४०४.१० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १२ वटा उपसमुहको सेयरमूल्यमा हरियाली छाएको छ भने म्यूचुअल फण्ड उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार पनि कारोबार रकमका आधारमा शिवम् सिमेन्ट सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४ सय ५५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार नेप्सेमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाागेको छ ।

त्यस्तै आज कुमारी दानवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ८.३७ प्रतिशतले घटेको छ ।

कुल २५७ कम्पनीको ७६ लाख ३४ हजार एक सय ९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २ सय ८८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।