वैदेशिक पर्यटन शुल्क सम्बन्धी कार्यविधि लागू, विदेश भ्रमण जानेले ५ प्रतिशत कर तिनुपर्ने


काठमाडौँ । वैदेशिक पर्यटन शुल्क सम्बन्धी कार्यविधि २०८० लागू भएको छ । आर्थिक ऐन २०८० को दफा २२ को उपदफा (७) ले दिएको अधिकार प्रयोग गरी आन्तरिक राजस्व विभागले प्रकृया निर्धारण गर्ने प्रयोजनको लागि कार्यविधि बनाएर जारी गरेको जनाएको । कार्यविधि २०८० साउन १ गतेबाट लागू भएको छ ।

विभागले जारी गरेको कार्यविधिमा भनिएको छ, “वैदेशिक भ्रमणको प्याकेज विक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने छ ।”

यस्तै, फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आपूm सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजादा लाग्ने खर्च रकममा लेखाङ्कनका बखत पाँच प्रतिशतका दरले शुल्क असुल गर्नु पर्ने जनाएको छ ।