सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कामय, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्दै नयाँ किर्तिमान कायम गरेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि गत जेठ १९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँ पुगेको थियो।

त्यस्तै हिजो छापावाला सुन प्रतितोला ६०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर नयाँ किर्तिमान कायम भएको छ । आज चाँदीको मूल्य १ हजार ४९५ रुपैयाँ कायम भएको महासंघले जनाएको थियो ।