भोली काठमाडौं र ललितपुरका यी स्थानमा ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने



काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणले भोली काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । शुक्रबार प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै शनिबार काठमाडौं र ललितपूरका विभिन्न स्थानमा विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म ८ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ ।

प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेकोले शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत आपूर्ति सेवा प्रभावित हुने जनाएको छ ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर–१ प्यानल तथा दुईमध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणका अनुसार वाग्मती फिडर,पुल्चोक फिडर,चमती फिडर, किर्तिपूर फिडर, त्रिपुरेश्वर फिडर, थापाथलि स्विचिङ, भैसपाटी फिडर र छेत्रपाटी फिडर अन्र्तगतका क्षेत्रहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरणले प्रभावित हुने क्षेत्रमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारु हुने सूचनामा जानकारी दिइएको छ।